इपिएस ड्रिजल कप

ड्रिजल कप क्रिकेट: पहिलो दिन ६ खेल सम्पन्न

काठमाडौं । नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा आज (शनिबार) देखि सुरु भएको शिक्षान्तर स्कुल दोस्रो इपिएस ड्रिजल कप क्रिकेट प्रतियोगिताका ६ खेलहरु सम्पन्न भएका छन् । आज भएको उद्घाटन खेलमा अक्षरा ‘ए’ ले इपिएसलाई ७ विकेटले पराजित गर्यो । यस्तै, दोस्रो खेलमा अक्षरा ‘बी’ ले शिक्षान्तरलाई ५ विकेटले पराजित गर्यो ।

तेस्रो खेलमा अक्षरा ‘ए’ ले न्यू इरालाई २७ रनले पराजित गर्दा चौैथो खेलमा नाइटिङ्गेलले अक्षरा ‘बी’ लाई ३४ रनले पराजित गर्यो । पाचौं खेलमा न्यू इराले आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्दै इपिएसलाई ४ विकेटले पराजित गर्दा छैटौं खेलमा नाइटिङ्गेलले शिक्षान्तरलाई १०० रनले पराजित गर्यो ।  

आजको खेलमा जितसँगै समूह ‘सी’ बाट अक्षरा ‘ए’ र न्यू इरा तथा समूह ‘डी’ बाट अक्षरा ‘बी’ र नाइटिङ्गेलले क्वार्टरफाइनलमा स्थान बनाए । प्रतियोगिताअन्तर्गत मंगलबार समूह ‘ए’ र ‘बी’ का खेलहरु हुनेछन ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका १२ विद्यालयहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १४ हजार ५ सय र उप विजेताले रु ८ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ३ हजार ५ सय, उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई ५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।