आइपिएल

आइपिएलः मुम्बईविरुद्ध दिल्लीले बलिङ रोज्यो

दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आइतबार हुने पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

मुम्बईस्थित ब्राबोर्न रंगशालामा ३:४५ बजे सुरु हुने खेलमा दिल्लीका कप्तान ऋषभ पन्तले टस जितेर फिल्डिङ रोजेका हुन् । शनिबारदेखि सुरु भएको आइपिएलको पहिलो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले पराजित गरेको थियो ।

गत सिजन प्ले अफमै नपुगेको मुम्बईले आज जित निकाल्दै प्रतियोगिताको सुुखद् सुरुआत गर्न चाहन्छ । अर्कातिर गत वर्ष दोस्रो क्वालिफायरसम्म पुगेको दिल्ली यसपाली फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

आइतबार नै हुने दोस्रो खेलमा पञ्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर भिड्ने छन् ।