आइसिसी विश्व क्रिकेट लिग डिभिजन २

युएईविरुद्ध बलिङमा नेपालको राम्रो सुरुआत

दुबई । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध बलिङमा राम्रो सुरुआत गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर फिल्डिङमा आएको नेपालले ११ ओभरको समाप्तीमा ३७ रन खर्चिदा युएईका चार ब्याटरलाई पभेलियन फर्काएको छ ।

युएईका तीन ब्याटरलाई सोमपाल कामीले पभेलियन फर्काउदा अर्को एक विकेट करण केसीले हात पारे ।

जारी खेलमा पाँच ओभर बलिङ गरेका सोमपालले १४ रन खर्चिदा करणले दुई ओभरमा दुई रन मात्र दिएका छन् । यस्तै, कमलसिंह ऐरीले चार ओभर बलिङ गर्दा २० रन खर्चिएका छन् । 

यसअघि शृंखलाअन्तर्गत बुधबार भएको पहिलो खेलमा नेपालले पपुवा यु गिनी (पिएजनी) लाई दुई विकेटले हराएको थियो ।

डिभिजन २ मा नौ खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । यस्तै, तालिकाको दोस्रो स्थानको युएईले १५ खेलबाट १८ अंक जोडेको छ ।