आइसिसी विश्व क्रिकेट लिग डिभिजन २

पिएनजीविरुद्ध रोहितको अर्धशतक

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध नेपालका ब्याटर रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।

नेपालबाट छैटौं नम्बरमा ब्याटिङका लागि मैदान उत्रिएका रोहितले ७१ बलमा चार चौकासहित ५० रन पूरा गरे । उनलाई मैदानमा आरिफ शेखले साथ दिइरहेका छन् । आरिफले ४८ बलमा २९ रन बनाएका छन् ।

यी दुई बीच पाँचौ विकेटका लागि ७७ रनको साझेदारी गरिसकेका छन् । यसअघि नेपालले ४२ रनमा चौथो विकेट गुमाएका थियो ।

पिएनजीले दिएको दुई सय पाँच रनको लक्ष्य पछ्याइरहेको नेपालले अहिले ३२ ओभरमा चार विकेट गुमाएर एक सय १९ रन बनाएको छ ।

यसअघि टस जितेर ब्याटिङमा आएको पिएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रनको योगफल खडा गरेको थियो ।

नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई एक, दोस्रोको रुपमा ज्ञानेन्द्र मल्ललाई चार, तेस्रोको रुपमा आशिफ शेखलाई १६ र चौथो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई आठ रनमा गुमाएको थियो ।