एसएमएस फ्रेन्डसिप कप

नेपालले दियो गुजरातलाई १७७ रनको लक्ष्य

काठमाडौं । एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले घरेलु टोली गुजरात क्रिकेट संघसामू १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 गुजरातको वापीस्थित साई मेघपन स्पोर्टसलाइफ मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७६ रनको योगफल तयार पार्यो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४७ बलमा सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी आसिफ शेखले ३४, कुशल मल्लले अविजित ३१ र कुशल भुर्तेलले १९ रन बनाए ।

रोहितले दोस्रो विकेटका लागि आशिफसँग ७७ र तेस्रो विकेटका लागि कुशल मल्लसँग ५२ रनको साझेदारी गरे ।  गुजरतका लागि जयमित पटेल, शहिन पटेल, जाला युवराजसिंह र तेजस पटेलले समान एक विकेट लिए ।