इन्डियन प्रिमियर लिग

आइपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिल)को १७औं संस्करणमा आइतबार दुई खेल हुँदैछन् ।  

दिनको पहिलो खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिड्दैछन् । खेल मुम्बईको घरेलु मैदान वान्खडे क्रिकेट रंगशालामा दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

अघिल्ला तीनै खेलमा पराजित मुम्बई पहिलो जितको लक्ष्यमा छ । दिल्लीले चार खेलमा एक जित र तीन हार ब्होरेको छ ।

आइपिएलमा यी दुई टोलीबीच ३३ खेल भएको छ । जसमा मुम्बईले १८ र दिल्ली १५ खेलमा विजयी भएका छन् ।

मुम्बई हार्दिक पान्डे्य र दिल्ली ऋषभ पन्तको कप्तानीमा मैदान उत्रिनेछन् ।

राति ७ः४५ बजे सुरु हुने खेलमा लखनउ सुपर जायन्ट्सले घरेलु मैदानमा गुजरात टाइट्न्सको सामना गर्दैछ ।  

लखनउले तीन खेलमा दुई जित र एक हारको नतिजा निकालेको छ । गुजरातले चार खेलमा समान दुई जित र हारको सामना गरेको छ ।

आएपिएलमा हालसम्म यी दुईबचि चार खेल हुँदा चारै खेलमा गुजरात विजयी भएको छ ।

लखनउ केएल राहुल तथा गुजरात शुभमन गिलको कप्तानीमा मैदान उत्रिनेछन् ।