टेस्ट क्रिकेट

१००औं टेस्ट खेल्दै आश्विन र बोयरिस्टो

१००औं टेस्ट खेलको क्याप लिँदै आश्विन

काठमाडौं ।  भारतका रविचन्द्रन आश्विन र इङ्ल्यान्डका जोनी बेयरिस्टोले टेस्ट क्रिकेटमा १०० खेल पूरा गरेका छन् ।

उनीहरुले भारत र इङ्ल्यान्डबीच धर्मशालामा जारी पाँचौं टेस्टमा यो उपलब्धी हासिल गरे । यो उपलब्धी हासिल गर्ने आश्विन १४औं भारतीय तथा बेयरिस्टो १७औं इङ्लिस खेलाडी हुन् ।

आश्विनले सन् २०११ र बेयररिस्टोले सन् २०१२ मा वेस्ट इन्डिजको खेलमार्फत टेस्टमा डेब्यू गरेका थिए ।