टेस्ट

इङ्ल्यान्डको टोलीमा फर्किए उड

काठमाडौं ।  मार्क उड घरेलु टोली भारतविरुद्धको पाँचौं टेस्टमा इङ्ल्यान्डको टोलीमा फर्किएका छन् ।

इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले ओली रोबिन्सनको स्थानमा उडलाई टोलीमा बोलाएको हो ।अघिल्ला चार मध्ये दुई खेलमा मौका पाएका उडले चार विकेट लिएका छन् ।

शृंखला गुमाइ सकेको इङ्ल्यान्ड पाँच खेलको शृंखलामा ३-१ ले पछाडि छ । पहिलो टेस्ट २८ रनले जितेको इङ्ल्यान्ड त्यसपछिका तीन टेस्टमा क्रमशः १०६ रन ४३४ रन र पाँच विकेटले पराजित भएको थियो ।

धर्मशालामा टस जितेर ब्याटिङ जितेर रोजेको इङ्ल्यान्ड २० रन बनाएर खेलिरहेको छ ।

इङ्ल्यान्डको टोली

बेन स्टोक्स (कप्तान), ज्याक क्राउली, बेन डकेट, ओली पोप, जो रुट, जोनी बेयरिस्टो, बेन फोक्स (विकेटकिपर), टम हार्टले, मार्क उड,  जेम्स एन्डरसन, शोएब बशिर