त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

नेपालविरुद्ध नेदरल्यान्ड्सको उत्कृष्ट सुरुआत

काठमाडौं । नेदरल्यान्ड्सले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको फाइनलमा नेपालविरुद्ध पावर प्ले (सुरुआती ६ ओभर)  मा उत्कृष्ट ब्याटिङ सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ६ ओभरमा कुनै पनि विकेट नगुमाइ ६० रन बनाएको छ ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिट ३४ र म्याक्स ओडोउड १९ रन बनाएर खेलिरहेका छन् ।