मार्क उड

उड र अहमदले भारतविरुद्धको चौथो टेस्ट गुमाउने

मार्क उड

काठमाडौं । इङ्ल्यान्डका मार्क उड र रेहान अहमदले राँचीमा शुक्रबारदेखि राँचीमा सुरु हुने घरेलु टोली भारतविरुद्धको चौथो टेस्ट गुमाउने भएका छन् ।

इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले उड र अहमदलाई विश्राम दिँदै ओली रोबिन्सन र सोएब बशिरलाई टोलीमा बोलाएको छ ।

यघिल्ला तीन मध्ये दुई खेलमा मौका पाएका उडले चार विकेट लिए। यता तीन खेलमा मौका पाएका अहमदले १२ विकेट लिए ।

 रेहान अहमद

इङ्ल्यान्ड पाँच खेलको शृंखलामा २-१ ले पछाडि छ । पहिलो टेस्टर २८ रनले जितेको इङ्ल्यान्ड त्यसपछिका दुई टेस्टमा क्रमशः १०६ र ४३४ रनले पराजित भएको थियो ।

इङ्ल्यान्डकाे टोली

बेन स्टोक्स (कप्तान), ज्याक क्राउली, बेन डकेट, ओली पोप, जो रुट, जोनी बेयरिस्टो, बेन फोक्स (विकेटकिपर), टम हार्टले, ओली रोबिन्सन, जेम्स एन्डरसन, शोएब बशिर