नेत्रहीन क्रिकेट प्रतियोगिता

नेत्रहीन क्रिकेटः कर्णाली विजयी

बाँके । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनमा जारी नेत्रहीन क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश दृष्टिविहिन संघले लुम्बिनी नेत्रहीन क्रिकेट संघमाथि २९ रनको जित निकालेको छ ।

 कोहपुरमा आइतबार कर्णालीले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १६ ओभरमा १२८ रनमा समेटियो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रनको योगफल तयार पार्यो । कर्णालीका लागि यज्ञबहादुर थापाले ५७  रनको योगदन गरे ।