युवा तथा खेलकुद मन्त्रालय

यु-१९ क्रिकेट टोलीले पायो पुरस्कार

फाइल फोटो

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले आइसिसी यु-१९ विश्वकप एसिया छनोट तथा एसिसी यु १९ प्रिमियकप विजेता टोलीलाई घोषित पुरस्कार वितरण गरेको छ ।

मन्त्रालयमा आइबार एक कार्यक्रमकाबीच टोलीलाई पुरस्कार वितरण गरिएकाे हाे । टोलीका खेलाडीलाई जनही ३ लाख, प्रशिक्षकलाई २ लाख तथा व्यवस्थापक र फिजियोलाई जनही १ लाख रुपैयाँ प्रदान गरियो ।

यसैगरी मन्त्रालयले एसबिसी एसियन  यु-२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका पदक विजेतालाई पनि नगद पुरस्कार वितरण गरेको छ ।

प्रतियोगितामा रजत विजेतालाई ६ लाख, कांस्य विजेतालाई ३ लाख प्रशिक्षकलाई १ लाख ८ हजार तथा सहायक प्रशिक्षकलाई ७२ हजार वितरण गरिएको छ ।