चैत्र ८, २०८२ आइतबार | ०२:५४:००
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

हङकङको जितले नेपाल क्वार्टरफाइनलमा

काठमाडौं । एसिसी महिला प्रिमियर कप २०२४ मा हङकङले माल्दिभ्समाथि १७२ रनको फाकिलो जित निकालेको छ ।

हङकङको यो जितसँगै समूह ‘डी’ बाट नेपालको एक खेल अगावै क्वार्टरफाइनलमा स्थान पक्का भएको छ । नेपाल दुई खेलमा चार अंकका साथ शीर्ष स्थानमा छ । अन्तिम खेलमा माल्दिभ्ससँग हार ब्यहोरे पनि नेपाल शीर्ष दुईमा रहनेछ ।

मलेसियाको बायोमास ओभलमा आइतबार हङकङले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १५.४ ओभरमा ५० रनमै समेटियो । माल्दिभ्सका लागि हेलिमथ लिशाले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हङकङका लागि कप्तान चान का थिङ क्यारीले २.४ ओभरमा मात्र पाँच रन खिर्चएर चार विकेट लिइन् । यसैगरी मारियम बिबीले तीन तथा इक्रा सहर, चान बेट्टी र रुचिथा वेङ्कटेशले समान एक विकेट लिए ।

पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै २२२ रनको योगफल तयार पारेको थियो ।  हङकङका लागि म्यारिको हिलले ६५ बलमा १२ चौका र एक छक्काको मद्दले अविजित सय रन बनाइन् ।

यसैगरी कप्तान चेन का यिङ क्यारीले ४७ बलमा १४ चौकाको मद्दतले ८७ र शन्जिन शहजादले अविजित १३ रन बनाए ।

पहिलो विकटका लागि हिल र क्यारीले १७६ रनको साझेदारी गरेका थिए । माल्दिभ्सका लागि एक मात्र विकेट हेलिमथ लिशाले लिइन् ।

जितसँगै दुई खेलमा दुई अंक जोडेको हङकङले क्वार्टरफाइनलको सम्भावना जिवितै राखेको छ । दुवै खेलमा पराजित माल्दिभ्स बाहिरिएको छ ।

पहिलो खेलमा  हङकङ नेपाल र माल्दिभ्स भुटानसँग पराजित भएका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो