त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला

युएईविरुद्ध टस हारेर नेपाल ब्याटिङमा

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा घरेलु टोली नेपालले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

यसअघि समूह चरणका सबै खेल मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा भएको थियो । नेपाल शृंखलामा अपराजित रहँदै च्याम्पियन बन्न चाहन्छ । नेपालले यसअघि युएई र हङकङविरुद्ध भएको चार खेल नै जितेको छ ।

घरेलु मैदानमा हुने आइसिसी विश्वकप छनोटको खेलअघि नेपाल आफ्नो उत्कृष्ट लय कायम राख्न चाहन्छ ।

नेपाल तीन टोली सहभागी शृंखलामा चार खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइलनमा स्थान बनाएको हो । युएईले एक खेलमात्रै जित्यो । हङकङलाई नेटरनरेटले पछि पारेको हो ।

नेपालले पहिलो खेलमा युएईलाई सात विकेट, दोस्रो खेलमा हङकङलाई ६ विकेट, पुनः तेस्रो खेलमा हङकङलाई ७९ रन र अन्तिम खेलमा युएईलाई पाँच विकेटले हराएको थियो ।

युएई पहिलो खेलमा हङकङलाई ६ विकेट हराएको थियो भने दोस्रो खेलमा हङकङसँग ६९ रनले पराजित भएको थियो।