इमर्जिङ टिम्स एसिया कप

इमर्जिङ कपका लागि नेपालको टोली घोषणा

फाइल तस्बिर

काठमाडौं । अर्को साताबाट सुरु हुने एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

इमर्जिङ कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ ।

नेपालले एसिसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो । उक्त प्रतियोगिताको उपविजेता युएई तथा तेस्रो भएको ओमानले इमर्जिङ कप खेल्दै छन् ।

इमर्जिङ कपको समूह ‘बी’ मा नेपाल, युएई, पाकिस्तान र भारत छन् । त्यस्तै समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् ।

प्रतियोगितामा नेपाल, युएई र ओमान बाहेक अन्य देशका ‘ए’ टोलीले सहभागिता जनाउने छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानमा बनाउने छन् ।

नेपालले जुलाई १४ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले  जुलाई १७ मा भारत तथा  १९ जुलाई १९मा युएईको सामना गर्नेछ

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, देव खनाल, अरिफ शेख, गुल्सन झा, सोमपाल कामी, भिम सार्की, श्याम(मौसम) ढकाल, प्रतिश जिसी, ललितनारायण राजवंशी, किशोर महतो, सन्दीप जोरा, सूर्य तामाङ