अमेरिकी क्रिकेट

फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध

काठमाडाैं । अमेरिकाका कायल फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाइएको छ ।

आइसिसीको इभेन्ट प्यानलले फिलिप्सको बलिङ एक्सन गैरकानूनी भएको पाएपछि प्रतिबन्ध लगाएको हो ।

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत जुन १८ मा हरारेमा वेस्ट इन्डिजविरुद्ध खेलमा फिलिपको बलिङएक्सन संकास्पद रहेको भन्दै अम्पायरहरुले रिपोर्ट गरेका थिए ।

अमेरिकाले ३९ रनको हार ब्यहारेको खेलमा तीन विकेट लिएका थिए। जनवरी २० मा नेपालविरुद्ध पनि खेलेका फिलिप्स बिहीबार नेदरल्यान्ड्सविरुद्ध भने मैदान उत्रिएका थिएनन् ।

खेलको फुटेजको समिक्षा गरिसकेपछि इभेन्टस प्यानलले यो अवैध भएको निष्कर्ष निकालेकाे थियो ।

संदिग्ध बलिङ कार्यको समिक्षाको लागि आइसिसी नियमावलीको धारा ६.७ बमोजिम फिलिप्सलाई बलिङ गर्न प्रतिबन्ध लगाइएको हो ।

उसले आफ्नो बलिङ एक्सन पूर्ण रूपमा सुर्धिएको पुष्टि नगर्दासम्म यो प्रतिबन्ध कायम रहनेछ ।