काभा पुरुष भलिबल नेसन्स लिग

किर्गिस्तानको सामना गर्दै नेपाल

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पाँचौं खेलमा नेपालले शुक्रबार घरेलु टोली किर्गिस्तानको ‘बी’टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो जितको लक्ष्यमा छ । नेपालले अघिल्ला चारै खेलमा हार व्यहोरेको थियो ।

मंगोलिया,  आयोजक किर्गिस्तान र तुर्किमिनिस्तानसँग समान ३-१ तथा इरानसँग ३-० सेटमा पराजित भएको थियो । 
काभा नेसन्स लिगमा नेपालसहित सात टोलीको सहभागिता छ ।

सिंगल राउण्ड रोबिन पद्धतीमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।