क्रिकेट

नेपाली क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीको शुभकामना

काठमाडाैं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री  केपी शर्मा ओलीले  नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन् ।

ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत टोलीलाई शुभकामना ब्यक्त गरेका हुन् ।

‘हामी जित्नेछौं, जिम्बावेमा भइरहेको आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाली टिमले देखाएको प्रदर्शनले हर्षित बनाएको छ । क्रिकेट इतिहासमा नाम कमाएका हस्तीहरु ब्रायन लारा र क्रिस गेलको दुईपटकको विश्वविजेता बनेको वेस्टइण्डिजजस्तो टिमसँग हाम्रो टिमले राम्रो कौशल देखाउन सफल भयो’ओलीले समाजिक सञ्जालमा लेखेका छन्,‘विश्वकपमा छनोट हुने हाम्रो आशा जीवित छ । भोली नेदरल्याण्ड्ससँग हुने खेलमा नेपाली टिमलाई जितको अग्रिम शुभकामना ।’

आइसिसी विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्दैछ । नेपाललाई सुपर सिक्सका स्थान बनाउन यो खेल जित्नै पर्ने दबाब छ ।

अघिल्ला खेलमा जिम्बावे र वेस्ट इन्डिजसँग पराजय ब्यहोरेको नेपालले अमेरिकालाई हराएको छ ।