इङ्ल्यान्ड

टोलीको आक्रामक शैलीप्रति गुनासो छैनः रुट

लन्डन । इङ्ल्यान्डका पूर्वकप्तान जो रुटले आफ्नो टोलीले एसेज शृंखलाअन्तर्गत पहिलो टेस्टमा अस्ट्रेलियाविरुद्ध अपनाएको आक्रामक रणनितीप्रति कुनै गुनासो नभएको बताएका छन । 

पहिलो टेस्टमा इङ्ल्यान्ड २ विकेटले पराजित भएको थियो । रुटले आगामी टेस्टहरुमा पनि टोलीको आक्रामक शैली परिवर्तन नहुने बताए । 

सो हारपछि कप्तान बेन स्टोक्स र ब्रान्डम म्याकुलमले टोलीको रणनिती सही भएको र आफूहरु लयमै रहेको प्रतिक्रिया दिएका थिए । रुटले पनि कप्तान स्टोक्स र प्रशिक्षक म्याकुलमको भनाईप्रति समर्थन जनाएका हुन । 

रुटले ६४ खेलमा इङ्ल्यान्डको टेस्ट टोलीको कप्तानी सम्हालेका थिए । १७ टेस्टमा एक मात्र खेल जितेसँगै गत अप्रिलमा उनले कप्तानी छोड्ने घोषणा गरेका थिए । 

हामीले जे रणनिती लिएका छौ, त्यो सही थियो,रुटले भने, हामीले विगतमा पनि यही रणनिती अपनाउनु पर्ने थियो । आगामी खेलहरुमा पनि हाम्रो रणतिनी यही नै हुनेछ ।