काठमाडौंलाई विराटनगरको एक सय रन पाँच रनको लक्ष्य

काठमाडौं,(खेलाडी)-  अनिल शाहको आक्रामक ब्यापटङप्रेरित  विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल)मा काठमाडौं किंग्स सामु  एक सय पाँच रनको  लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको लागि आएको विराटनगरले निर्धारित आठ ओभरमा पाँच विकेट गुमाउदै एक सय चारको योगफल खडा गरेको हो ।

ओसिलो मैदानका कारण खेल निर्धारित समयमा सुरु हुन नसकेपछि आठ–आठ ओभरमा घटाइएको थियाे । विराटनगरका अनिल शाहले  १६ बलमा दुई चौका र पाँच छक्का मद्दतमा अविजित ४५ रन बनाए । त्यसतै ओपनर रेयान पठानले ३० र  करण केसीले १५  रन बनाए ।

काठमाडौंका रेयान बर्लले दुई र गुल्सन झा तथा सन्दिप लामिछानेले समान एक विकेट लिए ।

लगातार चार हारपछि  प्रतियोगिताबाट बाहिरिसकेको  विराटनगर सुखद अन्त्यको लक्ष्यमा रहेको छ ।

काठमाडौंले भने दुई खेलमा एक जित र एक हार व्यहोरेको छ ।