विराकोदेको अर्धशतक, भैरहवालाई ललितपुरको विशाल लक्ष्य

काठमाडौं, (खेलाडी)- ओपनर सन्दुन विराकोदेको अर्धशतकप्रेरित ललितपुर पेट्रियट्सले भैरहवा ग्ल्याडियटर्सलाई जितका लागि एक सय ७८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङका लागि उत्रिएको ललितपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७७ रन जोड्यो ।

ललितपुरका विराकोदेले ४१ बलमा दुई चौका र पाँच छक्का  मद्दतमा ५८ रन प्रहार गरे । त्यस्तै अज्मतुल्ला ओमरजाईले  ४२ रन बनाए   ।

भैरहवाका अविनाश बोहोराले दुई तथा धमिका प्रशाद,आरिफ शेख र कृष्ण कार्कीले समान एक विकेट लिए ।