आइसिसी लिग टु

लगातार तेस्रो जितको लक्ष्यमा नेपाल

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलाको तेस्रो खेलमा शनिबार नामिबियाको सामना गर्दा नेपाल आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ ।

नेपालले मंगलबार नामिबियामाथि दुई तथा शुक्रबार स्कटन्डमाथि तीन विकेटको जित निकालेको थियो ।  

यता नामिबिया पनि नेपाललाई स्तब्ध पार्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ । यसअघि नामिबिया मंगलबार नेपालसँग दुई तथा बुधबार स्कटल्यान्डसँग १० विकेटले पराजित भएको थियो ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

लिगमा स्कटल्यान्ड ३४ खेलमा ४८ अंकसहित शीर्ष स्थानमा छ भने ओमान ३६ खेलमा ४४ अंकसहित दोस्रो,३२ खेलबाट ३७ अंक बटुलेको नामिबिया तेस्रो र ३६ खेलमा ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा छन्।

पाँचौ स्थानको युएईको २६ खेलमा २७ तथा छैटौं स्थानको नेपालको २६ खेलमा २२ अंक छ । सातौं स्थानको पपुवा न्युगिनीको २८ खेलमा पाँच अंक छ ।