- एटिएफ यु-१२ टिम च्याम्पियनसिप सोमबारदेखि हुने
- जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना
- एपिएफ लगातार चौथो पटक च्याम्पियन
- इतिहासका कुराः पुलिसको त्यो अपराजित ४९ खेल यात्रा
- पीडामा म्यानचेस्टर सिटी कि आर्सनल ?
- ट्वान्टी-२० विश्वकप समूह ‘ए’ मा भारत र पाकिस्तानकै भिडन्त
- ट्वान्टी-२० विश्वकप समूह ‘बी’: अस्ट्रेलिया र इङ्ल्यान्ड बलियो
- ‘एसियाडमा नेपाल’ पुस्तक विमोचन
- भान पर्सी डच क्लब हिरेनभिनको मुख्य प्रशिक्षक
- सन्तोषीले पेरिस ओलम्पिकमा सहभागिता जनाउने
ललितपुर । काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिका प्रथम उपत्यका ब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार हुने सेमिफानइनलमा काठमाडौं र मध्यपुर थिमि तथा चन्द्रागिरी र महालक्ष्मी नगरपालिका भिड्ने छन् ।
गोदावरी १० स्थित झ्यालुन्टार मैदानमा शनिबार सम्पन्न खेलामा मध्यपुरले कीर्तिपुर नगरपालिकालाई ५-४ पराजित गर्यो ।
मध्यपुरका लागि दीपक बासानले चौथो र ५४ औं मिनेटमा गोल गरे । यसैगरी सुदर्शन श्रेष्ठले ४१ औं (पेनाल्टी), रोहन खड्गीले ५८औं र कप्तान यमन राजबाहाकले ६०औं मिनेटमा गोल थपे ।
कीर्तिपुरका यमन महर्जनले ह्याट्रिक गरे पनि टोलीलाई जित दिलाउन भने सकेनन् । उनको यो प्रतियोगितामा दोस्रो ह्याट्रिक हो ।
यसअघि यमनले तारकेश्वर नगरपालिकाविरुद्ध पनि ह्याट्रिक गरेका थिए । यमनले खेलको ४३, ६६ र ८२औं मिनेटमा गोल गरे । सन्जोग महर्जनले खेलको ८१ औं मिनेटमा गोल थपे ।
शनिबार नै भएको अन्तिम क्वार्टरफाइनलमा काठमाडौं आयोजक गोदावरी नगरपालिका ‘बी’लाई २-१ ले हरायो ।
काठमाडौंका लागि राज पौडेलले २० र ६५औं मिनेटमा गोल गरे । गोदावरीका लागि राजन मर्हजनले ९०औं मिनेटमा गोल फर्काए ।