- एपिएफ लगातार चौथो पटक च्याम्पियन
- इतिहासका कुराः पुलिसको त्यो अपराजित ४९ खेल यात्रा
- पीडामा म्यानचेस्टर सिटी कि आर्सनल ?
- ट्वान्टी-२० विश्वकप समूह ‘ए’ मा भारत र पाकिस्तानकै भिडन्त
- ट्वान्टी-२० विश्वकप समूह ‘बी’: अस्ट्रेलिया र इङ्ल्यान्ड बलियो
- ‘एसियाडमा नेपाल’ पुस्तक विमोचन
- भान पर्सी डच क्लब हिरेनभिनको मुख्य प्रशिक्षक
- सन्तोषीले पेरिस ओलम्पिकमा सहभागिता जनाउने
- बागमती शीर्ष स्थानमा उक्लियो
- पोखरामा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने
लामोसाँघु। साविक विजेता न्यु सदाबहार युथ क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै चौतारा स्पोर्टिङ क्लब सिन्धुपाल्चोक जिल्ला लिगको च्याम्पियन बनेको छ ।
लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलको निर्धारित सयममा दुवै टोलीबाट गोल हुने नसकेपछि विजेताको टुङ्गो पेनाल्टी सुटआउटबाट लगाइएको हो ।
उपाधिसँगै चौताराले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्यो। उपविजेता सदाबहारले ५५ हजार ५५५ रुपैयाँ पायो ।
चौतारले योङ्ग जेनेरेसन युवा क्लबलाई १-० तथा सदाबहारले धार्पा युवा क्लबलाई ३-० ले हराएका थिए ।
सदाबहारका सरोज पराजुली सर्वोकष्ट खेलाडी र उच्च गोलकार्ता चुनिए । उनले प्रतियोगिता भर पाँच गोल गरे ।
चौताराका भीमबहादुर गुरुङ उत्कृष्ट रक्षक, विशालजंग रायमाझी (जंगे) उदियमान खेलाडी र सरोज भुजेल उत्कृष्ट प्रशिक्षक चुनिए ।
यसैगरी सदाबहारका निग्बा तामाङ उत्कृष्ट मिडफिल्डर र दिनेश कार्की उत्कृष्ट गोलकिपर घोषित भए।
बैशाख १२ गतेदेखि सुरु प्रतियोगितामा १२ क्लबको सहभागिता थियो । पुछारमा रहेका दुई टोली श्री राइजिङ युवा क्लब र लामोसाँघु युवा क्लब रेलिगेशनमा परेका छन् ।