गोदावरी मेयर कप फुटबल प्रतियोगिता

गोदावरी मेयर कपः महालक्ष्मी र चन्द्रागिरी सेमिफाइनलमा

ललितपुर । महालक्ष्मी नगरपालिका र चन्द्रागिरी नगरपालिका  प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।  

गोदावरी नगरपालिकाको वडा नं १० स्थित झ्यालुन्टार खेल मैदानमा शुक्रबार सम्पन्न खेलमा पहिलो खेलमा महालक्ष्मीले दक्षिणकाली नगरपालिकालाई २-० ले हरायो । महालक्ष्मीलाई जित दिलाउन निशान रावल र सगुन केसीले गोल गरे ।

निशानले खेलको दोस्रो मिनेटमै टोलीलाई अग्रता दिलाएका थिए । सगुनले ५९औं मिनेटमा गोल गर्दै महालक्ष्मीको जित सुनिश्चित गरे ।

यसैगरी शुक्रबारै सम्पन्न दोस्रो खेलमा चन्द्रागिरीले नागार्जुन नगरपालिकालाई ४-० ले पराजित गर्यो । चन्द्रागिरीलाई जित दिलाउन आयुषमान श्रेष्ठले दुई तथा समिर कार्की र साहिल रानाले समान एक गोल गरे ।

खेलको दोस्रो मिनेटमै समिरको गोलबाट चन्द्रागिरीले अग्रता लियो । ३८औं मिनेटमा साहिलले टोलीको अग्रता दोब्बर पारे ।

आयुषमानले ८८औं मिनेट र इन्जुरी समयमा गोल गर्दै चन्द्रागिरीलाई ४-० को फराकिलो जित दिलाए ।

सेमिफाइनलमा महालक्ष्मी र चन्द्रागिरी भिड्नेछन् । 

शनिबार मध्यपुर थिमि र कीर्तिपुर नगरपालिका तथा गोदावरी नगरपालिका ‘बी’ ले काठमाडौं महानगरपालिकाको सामना गर्नेछन् ।