- एटिएफ यु-१२ टिम च्याम्पियनसिप सोमबारदेखि हुने
- जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना
- एपिएफ लगातार चौथो पटक च्याम्पियन
- इतिहासका कुराः पुलिसको त्यो अपराजित ४९ खेल यात्रा
- पीडामा म्यानचेस्टर सिटी कि आर्सनल ?
- ट्वान्टी-२० विश्वकप समूह ‘ए’ मा भारत र पाकिस्तानकै भिडन्त
- ट्वान्टी-२० विश्वकप समूह ‘बी’: अस्ट्रेलिया र इङ्ल्यान्ड बलियो
- ‘एसियाडमा नेपाल’ पुस्तक विमोचन
- भान पर्सी डच क्लब हिरेनभिनको मुख्य प्रशिक्षक
- सन्तोषीले पेरिस ओलम्पिकमा सहभागिता जनाउने
काठमाडौं । अन्तिम ओभरमा १९ रन चाहिएको अवस्थामा गुजरात टाइटन्सले जम्मा १४ रन बनाएपछि दिल्ली क्यापिटल्सले ४ रनको रोमाञ्चक जित निकालेको छ । बुधबार राति क्रिजमा रहेका रसिद खानले अन्तिम ओभर लिएर आएका मुकेश कुमारलाई दुई चौका र एक छक्कामात्रै हानेका थिए ।
१९औं ओभरमा गुजराजले १८ रन जोड्दै जित सम्भावना कायम राखेको थियो । तर, अन्तिम ओभरमा गुजरातले आशा अनुरुप रन निकाल्न सकेन ।
यसअघि सुरुआती ब्याटिङ गरेको दिल्लीले चार विकेट गुमाएर दुई सय २५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा गुजरातले आठ विकेट गुमाएर मात्र दुई सय २० रन बनाएको हो ।
आइपिएलको ४०औं खेलपछि दुबै टोलीको समान ८ अंक रहेको छ । नेट रनरेटका आधारमा दिल्ली छैटौँ र गुजरात सातौँ स्थानमा छन् । १४ अंक जोडेको राजस्थान शीर्ष स्थानमा छ ।
गुजरातको इनिङ्समा साइ सुदर्शनले ३९ बलमा सात चौका र दुई छक्कासहित ६५ रन बनाए । डेविड मिलरले २३ बलमा ६ चौका र तीन छक्कासहित ५५ रनको योगदान गरे । ऋद्धिमान शाहले ३९, रसिद खानले २१ र साइ किशोरले १३ रनको योगदान गरे ।
दोस्रो किवेटको लागि शाह र सुदर्शनबीच ४९ बलमा ८२ रनको साझेदारी भएको थियो । बलिङतर्फ रासिख सलामले सर्वाधिक तीन र कुलदीप यादवले २ विकेट लिए ।
यसअघि घरेलु टोली दिल्लीले टस हारेर ब्याटिङ गरेको थियो । कप्तान ऋषभ पन्तले ४३ बलमा अविजित सर्वाधिक ८८ रन बनाएका हुन् । उनले पाँच चौका र ८ छक्का प्रहार गरे । अक्षर पटेलले ६६ तथा ज्याक फ्रासेसले २३, ट्रिस्टन स्टुब्सले २६ रन जोडे ।
पटेल र पन्तबीच ६८ बलमा एक सय १३ रनको साझेदारी गरेका हुन् । गुजरातका सन्दीप वारिअरले सर्वाधिक तीन किवेट लिएका थिए ।