इन्डियन वेल्स टेनिस

उपाधिका लागि स्वायटेक र सक्कारी भिड्ने

काठमाडौ । इन्डियन वेल्स टेनिस प्रतियोगिताको महिला एकलको उपाधिका लागि इगा स्वायटेक र मारिया सक्कारी भिड्ने भएका छन् ।

सेमिफाइनलमा विश्व नम्बर एक पोलिस स्टार स्वायटेकले युक्रेनकी मार्टा कोस्ट्युक तथा नवौं वरियताकी ग्रिक खेलाडी सक्कारीले अमेरिकी स्टार कोको गौफलाई पराजित गरे ।

स्वयाटेकले ३२औं वरियताकी कोस्ट्युकलाई २-० को सोझो सेटमा पराजित गरिन् । स्वायटेकले खेल ६-२,६-१ ले आफ्नो पक्षमा पारिन् ।

सक्कारीले  तेस्रो वरियताकी गौफमाथि २-१ सेटको जित निकालिन् । पहिलो सेट ६-४ ले अफ्नो पक्षमा पारेकी सक्कारीले निकै प्रतिस्पर्धात्मक दोस्रो सेट ६-७ (५ -७) ले गुमाइन् ।

तेस्रो तथा निर्णायक सेटमा  ६-२ को सहज जितसँगै सिक्कारीले फाइनल यात्रा तय गरिन् ।

प्रतियोगिताको फाइनल  आइतबार हुनेछ ।