जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिता

जुनियर वर्ल्ड र्याङकिङ टेनिसः सक्षम र आरभको जोडी विजयी

जुनियर टेनिसको गर्ल्स डबल्समा प्रतिस्पर्धा गर्दै नेपाली खेलाडी

काठमाडौं । नेपालका सक्षमविक्रम शाह र अमेरिकाका आरभसम्राट हाडाको जोडीले जे ६० जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट-२ अन्तर्गत ब्वाइज डबल्समा मंगलबार जित हात पारेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा सक्षम र आरभको जोडीले भारतका श्रृनिकेथ कानान् र अमेरिकाका कार्लोसलाई ७-५, ३-६, १०-५ को सेटमा पराजित गरे ।

ब्वाइज सिंगल्समा मंगोलियाका उन्द्राखले नेपालका निहालजंगबहादुर थापालाई ६-३,६-३ ले हराए ।डबल्समा पनि निहाल र थाइल्यान्डका पार चन्द्राघोलिकाको जोडी चुके ।

गर्ल्स डबल्समा नेपालकी सुनिरा थापा र भारतकी सगुन कुमारी, नेपालकी आइशा डोल्कर गुरुङ र भारतकी पार्थ सारथी अरुण मुन्धे तथा नेपालका स्वस्तिा विष्ट र प्राज्ना मानन्धरको जोडी पराजित भए ।