भ्याली पब्लिक अन्तर विद्यालय बास्केटबल

अन्तर विद्यालय बास्केटबलः क्वार्टरफाइनल समिकरण पूरा

काठमाडौं । भ्याली पब्लिक स्कुलको आयोजनामा जारी १६औं भ्याली पब्लिक अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण मंगलबार पूरा भएको छ । 

लिगको अन्तिम दिन सिनियर ब्वाइज र गर्ल्स तथा जुनियर ब्वाइजको क्वार्टरफाइनल समिकरण तयार भएको हो ।

सिनियर ब्वाइजको क्वार्टरफाइनल ग्रिनल्यान्ड र टिआइए, एलआरआइ र भ्याली पब्लिक, एचएचसिए र बेम्स तथा गोल्डेनपिक र एलएबीच हुनेछ ।

 सिनियर गर्ल्सको क्वार्टरफाइनलमा बिएनएले भ्याली पब्लिक ‘बी’, भ्याली पब्लिक ‘ए’ ले डाफोडिल, ग्रिनल्यान्डले सत्यसाइ र एनसिसीएसले केभिएसको सामना गर्नेछन् ।

जुनियर ब्वाइजमा हिमरश्मि र भ्याली पब्लिक, एलएनए र गोल्डेनपिक, क्यान्भास र स्किब्स तथा किङडम र डाफोडिलबीच क्वार्टरफाइनल हुनेछ ।