चैत्र ९, २०८२ सोमबार | १३:४४:३३
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

भ्याली पब्लिकको दुवै टोली फाइनलमा

सांकेतिक तस्विर

काठमाडौं । भ्याली पब्लिकको ‘ए’ र ‘बी’ दुवै टोली सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा शनिबार फाइनल प्रवेश गरेका छन् ।

मनमैजुस्थित आयोजक एन्जल्स हार्टको कोर्टमा भ्याली पब्लिक ‘ए’ ले टिआइएलाई २७-१५ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा लोरिशा गौचनले १० अंक योगदान गरिन् ।

यसैगरी दृष्य गुरुङको १० अंकको सहयोगमा भ्याली पब्लिक ‘बी’ ले ग्रिनल्यान्डलाई २७-२४ ले हरायो ।

यस्तै जुनियर ब्वाइजमा एन्जल्स हार्ट र किङडम उपाधिका लागि भिड्ने भएका छन् । एन्जल्स हार्टले ग्रिनफिल्डलाई २६-१८ ले पराजित गर्यो । एन्जल्स हार्टका रुपेश पौडेलले १४ अंक जोडे ।

किङडमले सेबलाई २८-२० ले हरायो । किङडमका जिग्मे लामाले १४ स्कोर गरे । फाइनल आइतबार हुनेछ ।

हिसान बास्केटबलमा सेमिफाइनल समीकरण पूरा

एन्जल्स हार्टमै शनिबारदेखि सुरु भएको प्रथम हिसान तारर्केश्वर एसइइ कप ‘थ्री एक्स थ्री’ छात्र बास्केटबलमा सेमिफाइनलमा समीकरण पूरा भएको छ ।

सेमिफाइनलमा पूर्णिमा र श्री युवा तथा टाइम आउट नेपाल र वे टु गेट भिड्ने छन् ।

क्वार्टरफाइनलमा पूर्णिमाले दि इन्फिनिटीलाई १६-११, श्री युवाले एन्जल्स हार्ट ‘बी’ लाई १२५, टाइम आउटले बफेलोलाई १६-६ र वे टु गेटले एसापलाई १२-७ ले पराजित गरे ।

विजेताले १५ हजार तथा उपविजेताले १० हजार रुपैयाँ पाउने छन् । आइतबार सम्पन्न हुने प्रतियोगितामा ५० टिम सहभागी छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो