एएफसी एसियन कप

कोरियालाई स्तब्ध बनाउँदै जोर्डन फाइनलमा

काठमाडौं । उपाधि दाबेदार दक्षिण कोरियालाई २–० ले स्तब्ध बनाउँदै जोर्डन एएफसी एसियन कपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति दोहामा भएको पहिलो सेमिफाइलनमा जोर्डनले दुबै गोल दोस्रो हाफमा गरेको हो । पहिलो हाफमा कुनै गोल हुन सकेन् ।

अब, जोर्डनले इरान र आयोजक कतारबीचको विजेतासँग शनिबार उपाधिका लागि खेल्नेछ ।

जोर्डन एसियन कपको इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भएको हो ।

जोर्डनको जितमा अल नौमतले खेलको ५३औं मिनेटमा अग्रता दिलाएका थिए । उनले सुलाइमान अल तामरीको पास सदुपयोग गरेका हुन् ।

दोस्रो गोल खेलको ६६औं मिनेटमा सुलाइमान अल तामरीले गरे । यसपटक अल रास्मदले बल उपलब्ध गराएका थिए ।