जेष्ठ १, २०८२ बुधबार | १६:३३:३३
क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा ब्वाइज युनियनको रोमाञ्चक जित, टर्यो रेलिगेसन खतरा क्यानमा अध्यक्ष चन्दको एकलौटी, अवैधानिक कृयाकलापविरुद्ध अदालत जान्छुः गुरुङ स्कटल्यान्ड जाने क्रिकेट टोलीको बिदाइ गोदावरी र दक्षिणकाली प्रतिस्पर्धा गर्दै सेभियाको कठिन जित भारतसँग नेपालको हार पहिलो हाफमा नेपाल दुई गोलले पछि काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा ब्वाइज युनियनको रोमाञ्चक जित, टर्यो रेलिगेसन खतरा क्यानमा अध्यक्ष चन्दको एकलौटी, अवैधानिक कृयाकलापविरुद्ध अदालत जान्छुः गुरुङ स्कटल्यान्ड जाने क्रिकेट टोलीको बिदाइ गोदावरी र दक्षिणकाली प्रतिस्पर्धा गर्दै सेभियाको कठिन जित भारतसँग नेपालको हार पहिलो हाफमा नेपाल दुई गोलले पछि काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज

भ्याली पब्लिक र एन्जल्स हार्ट च्याम्पियन

भ्याली पब्लिक ‘ए’

काठमाडौं । भ्याली पब्लिक ‘ए’ र आयोजक एन्जल्स हार्ट सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

आइतबार सम्पन्न प्रतियोगितामा भ्याली पब्लिक ‘ए’ सिनियर गर्ल्स तथा एन्जल्स हार्ट जुनियर ब्वाइजमा पहिलो भए ।

मनमैजुस्थित आयोजक एन्जल्स हार्टको कोर्टमा भएको सिनियर गल्र्स फाइनलमा भ्याली पब्लिक ‘ए’ आफ्नै ‘बी’ टिमलाई २८-२० ले पराजित गर्यो । विजेताकी लोरिशा गौचनले नौ अंक जोडिन् । ग्रिनल्यान्ड तेश्रो भयो ।

जुनियर ब्वाइजको प्रतिस्पर्धात्मक फाइनलमा एन्जल्स हार्टले किङडम हिमालयलाई ३७-३१ ले हरायो । निर्धारित समयको खेल ३१-३१ को बराबरीमा सकिएको थियो । एन्जल्स हार्टका रुपेश पौडेलले १५ स्कोर गरे । ग्रिनफिल्डले तेस्रो स्थान हासिल गर्यो ।

 एन्जल्स हार्ट

जुनियर ब्वाइजमा एन्जल्स हार्टका रुपेश पौडेल तथा सिनियर गर्ल्समा भ्याली पब्लिक ‘ए’ की अनिता गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टका अदित पुन तथा सिनियर गर्ल्समा भ्याली पब्लिक ‘ए’ की लोरिशा गौचन उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर ब्वाइजमा किङडमका जिग्मे लामा तथा सिनियर गर्ल्समा भ्याली पब्लिक ‘ए’ की दृष्य गुरुङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

साताव्यापी प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १६ तथा सिनियर गर्ल्सतर्फ १३ टिमले  प्रतिस्पर्धा गरेका थिए ।

हिसान बास्केटबलमा टाइम आउट च्याम्पियन

टाइम आउट नेपाल प्रथम हिसान तारर्केश्वर एसइइ कप थ्री एक्स थ्री छात्र बास्केटबलमा आइतबार च्याम्पियन बनेको छ ।

एन्जल्स हार्टमै आइतबार भएको फाइनलमा टाइम आउटले श्री युवा क्लबलाई १९-१५ ले पराजित गर्यो ।

टाइम आउट

उपाधिसँगै टाइम आउटले १५ हजार तथा श्री युवा क्लबले १० हजार रुपैयाँ प्राप्त गरे । हिसान तार्केश्वर कमिटीद्वारा आयोजित दुई दिने प्रतियोगितामा ५० टिमले प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई तार्केश्वर नगरपालिकाकी उपमेयर श्रृजना बुर्लाकोटी अर्याल, एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनलगायतले  पुरस्कृत गरे ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP