काठमाडौं । नेपालले भारतको सिक्किममा हुने प्रदेशस्तरिय बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ सहभागिता जनाउने भएको छ ।
नेपाली टोली बिहीबार भारत प्रस्थान गरेको छ । सिक्किम बास्कबेटबल संघको आयोजनामा प्रतियोगिता सेप्टेम्बर १४ देखि १८ सम्म हुनेछ ।
प्रतियोगिताको समूह ‘बी’ मा नेपाल , सिक्किमको भल्किरिस र सिलोङको डुबख क्लब छन् । समुहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।
नेपालले सेप्टेम्बर १४ मा भिल्करिस र १६ मा डुबखको सामना गर्नेछ ।
टोलीको प्रशिक्षकमा विकास शाही, सहायक प्रशिक्षकमा नृपेश श्रेष्ठ र व्यवस्थापक खुशी सिवाकोटी छन् ।
नेपाली टाेली
अनुशा मल्ल (कप्तान), श्रेया खड्का, सोनी वाइबा, सविता खड्का, रिशा सिलवाल, मीना गुरुङ, रोशनी श्रेष्ठ , प्रेदिका महर्जन, अस्मिता केसी, रिन्छेन मोक्तान, कृति चौधरी, सुहाना मल्ल
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
