काठमाडौं । बेलारुसकी आर्यना साबालेन्का वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको महिला एकलतर्फ लगातार दोस्रो पटक च्याम्पियन बनेकी छन् ।
विश्व नम्बर दुई साबालेन्काले विश्व नम्बर १२ चीनकी किनवेन झेङलाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेकी हुन् ।
मेलर्बनस्थि रोड लेभर एरिनमा शनिबार एकतर्फी बनेको फाइनलमा साबालेन्का ६-३, ६-२ ले विजयी भइन् ।
साबालेन्काले अमेरिकी स्टार कोको गौफ तथा झेङले युक्रेनकी डायना यास्ट्रेम्स्कालाई २-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट ७-६ (७-२) ले आफ्नो पक्षमा परेकी साबालेन्काले दोस्रो सेटमा ६-४ को जित निकालकी थिइन् । यसैगरी झेङले खेल ६-४,६-४ ले सहजै आफ्नो पक्षमा पारेकी थिइन्।
भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?