माघ १८, २०८२ आइतबार | १२:१२:१८
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

आशिष चम्किँदा थ्री स्टार सेमिफाइनलमा

तस्विरः सहारा क्लब, पोखरा

पोखरा । फरवार्ड आशिष चापागाईंले अतिरिक्त समयमा दुई गोल गरेपछि पाटने टोली थ्री स्टार क्लब २३ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार सम्पन्न पहिलो क्वार्टरफाइनलमा पाँच पटकको च्याम्पियन थ्री स्टारले भुटानको पारो एफसीलाई २-० ले पराजित गरेको हो ।

निर्धारित ९० मिनेट कुनै पनि टोलीले गोल गर्न नसक्दा खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो हाफमा आशिषले दुई गोल गरेका हुन् ।

खेलको पहिलो हाफमा दुवै टोलीले राम्रो अवसर सृजना गर्न सकेनन् । दोस्रो हाफमा थ्री स्टारले एकपछि अर्को अवसर पाएपनि गोल भने गर्न सकेन ।

खेलको ५९ औं मिनेटमा थ्री स्टारले गोलको सुनौलो मौका गुमायो । आशिष चापागाईंको कटब्याकलाई निगरानीमा नरहेका आदित्य शाक्यले राम्रो टच दिन नसक्दा बल बाहिरिएको थियो ।

त्यसको पाँच मिनेटपछि थ्री स्टारले अर्को मौका गुमायो । यसपालि दीपेश आले मगरको थ्रु पासलाई आशिषले सदुपयोग गर्न सकेनन् । विपक्षी गोलकिपर ग्यलिसेन ग्याम्पोलाई बिट गरेका आशिषले बललाई दोस्रो बारको जाली चुमाउन सकेनन् ।

तस्विरः सहारा क्लब, पोखरा

७९ औं मिनेटमा रोशन राणा मगरको शक्तिशाली प्रहार ग्यालिसेनले बचाए ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा थ्री स्टारलाई भाग्यले साथ दिएन । दीपेशको पासमा आशिषले दोस्रो बारमा गरेको लोअर प्रहार बाहिरिन पुग्यो । यसअघि पेनाल्टी बक्सभित्र सेरुब डोर्जेलाई बिट गरेका थिए ।

अतिरिक्त समयको १ सय १४ औं मिनेटमा आशिषले दीपेशको पासलाई सदुपयोग गर्दै बललाई पहिलो बारको दिशा दिएका थिए । त्यसको पाँच मिनेटपछि आशिषले गोलकिपर ग्यालिसेन अगाडि बढेको अवस्थामा २५ यार्ड परबाट खाली पोस्टमा गोल गरे ।

थ्री स्टारले अब सेमिफाइनलमा जावलाखेल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।