चैत्र ११, २०८२ बुधबार | २२:५१:२९
निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध

आशिष चम्किँदा थ्री स्टार सेमिफाइनलमा

तस्विरः सहारा क्लब, पोखरा

पोखरा । फरवार्ड आशिष चापागाईंले अतिरिक्त समयमा दुई गोल गरेपछि पाटने टोली थ्री स्टार क्लब २३ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार सम्पन्न पहिलो क्वार्टरफाइनलमा पाँच पटकको च्याम्पियन थ्री स्टारले भुटानको पारो एफसीलाई २-० ले पराजित गरेको हो ।

निर्धारित ९० मिनेट कुनै पनि टोलीले गोल गर्न नसक्दा खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो हाफमा आशिषले दुई गोल गरेका हुन् ।

खेलको पहिलो हाफमा दुवै टोलीले राम्रो अवसर सृजना गर्न सकेनन् । दोस्रो हाफमा थ्री स्टारले एकपछि अर्को अवसर पाएपनि गोल भने गर्न सकेन ।

खेलको ५९ औं मिनेटमा थ्री स्टारले गोलको सुनौलो मौका गुमायो । आशिष चापागाईंको कटब्याकलाई निगरानीमा नरहेका आदित्य शाक्यले राम्रो टच दिन नसक्दा बल बाहिरिएको थियो ।

त्यसको पाँच मिनेटपछि थ्री स्टारले अर्को मौका गुमायो । यसपालि दीपेश आले मगरको थ्रु पासलाई आशिषले सदुपयोग गर्न सकेनन् । विपक्षी गोलकिपर ग्यलिसेन ग्याम्पोलाई बिट गरेका आशिषले बललाई दोस्रो बारको जाली चुमाउन सकेनन् ।

तस्विरः सहारा क्लब, पोखरा

७९ औं मिनेटमा रोशन राणा मगरको शक्तिशाली प्रहार ग्यालिसेनले बचाए ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा थ्री स्टारलाई भाग्यले साथ दिएन । दीपेशको पासमा आशिषले दोस्रो बारमा गरेको लोअर प्रहार बाहिरिन पुग्यो । यसअघि पेनाल्टी बक्सभित्र सेरुब डोर्जेलाई बिट गरेका थिए ।

अतिरिक्त समयको १ सय १४ औं मिनेटमा आशिषले दीपेशको पासलाई सदुपयोग गर्दै बललाई पहिलो बारको दिशा दिएका थिए । त्यसको पाँच मिनेटपछि आशिषले गोलकिपर ग्यालिसेन अगाडि बढेको अवस्थामा २५ यार्ड परबाट खाली पोस्टमा गोल गरे ।

थ्री स्टारले अब सेमिफाइनलमा जावलाखेल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो