अस्ट्रेलिया ओपन

साबालेन्का अस्ट्रेलियन ओपनको तेस्रो चरणमा

काठमाडौं । साविक विजेता आयर्ना साबालेन्का वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलिया ओपनको महिला एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेकी छन् ।

बेलारुसकी साबालेन्काले चेक रिपब्लिककी ब्रेन्डा फ्रुभिर्टोभालाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् । साबालेन्काले खेल ६-३, ६-२ ले आफ्नो पक्षमा पारिन् ।

पहिलो चरणमा साबालेन्काले जर्मनीकी इला सेइडेललाई ६-०, ६-१ तथा फ्रुभिर्टोभाले रोमिनियाकी एना बोग्डनलाई २-६, ६-३, ६-४ ले स्तब्ध बनाएका थिए ।

यसैगरी ट्युनिसियाकी ओन्स जाबेउर भने रिसयन खेलाडी मिरा आन्द्रेभासँग ०-६, २-६ ले स्तब्ध हुँदै पहिलो चरणबाटै बाहिरिएकी छन् ।