चैत्र ८, २०८२ आइतबार | १६:००:४८
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

जितका बाबजुद पुलिस समूह चरणबाटै बाहिरियो

काठमाडौं । समुह चरणको अन्तिम खेलमा श्रीलंका आर्मीलाई ३-१ को सेटमा पराजित गरे पनि नेपाल पुलिस क्लब टाइगर कप भलिबल प्रतियोगिताको चौथो संस्करण समूह चरणबाटै बाहिरिएको छ ।

पोखरा रंगशालास्थित कोर्टमा बुधबार पुलिसले निकै प्रतिस्पर्धात्मक पहिलो सेट ४१-३९ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट १३-२५ ले गुमाएको पुलिसले त्यसपछिका दुई सेटमा २५-२० र २५-१७ को जित निकाल्यो ।

 समूह ‘बी’ मा एपिएफ, श्रीलंका आर्मी र पुलिसको समान ३ अंक भएपनि सेटको अन्तरमापछि पर्दा पुलिस बाहिरिएको हो । एपिएफले पहिलो खेलमा पुलिसलाई ३-० को सोझो सेटमा हराएको थियो । श्रीलंका आर्मीले एपिएफलाई ३-१ ले ले पराजित गरेको थियो । सेट अन्तरको आधारमा एपिएफ समूह विजेता तथा श्रीलंका आर्मी उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे ।

श्रीलंका आर्मी र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै 

महिलातर्फ भने सेमिफाइनल समिकरण पूरा भएको छ। समूह ‘ए’ बाट सविक विजेता नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबतथा समूह ‘बी’ बाट चन्द्रागिरी नगरपालि न्यु डायमन्ड स्पोर्टस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् ।

बुधबार नै सम्पन्न पहिलो खेलमा घरेलु टोली गण्डकीलाई २५-१६,२५-९, २५-१७ ले स्तब्ध पार्दै एपिएफ समूह विजेता बनेको थियो ।

यसैगरी दोस्रो खेलमा न्यु डायमन्डले हरियाणा टिम इन्डियालाई २५-१७, २५-१८, २५-१६ ले स्तब्ध बनाएको थियो ।

सेमिफाइनलमा एपिएफ र आर्मी तथा न्यु डायन्ड र पुलिस भिड्नेछन्।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो