प्रधानमन्त्री कप पुरुष एकिदवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता

सूर्यको उच्च प्रदर्शनप्रेरित बागमतीको लगातार दोस्रो जित

काठमाडौं । सूर्य तामाङको उत्कृष्ट बलिङप्रेरित बागमती प्रदेशले  प्रधानमन्त्री कप पुरुष एकिदवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

बागमतीले मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको हो । बागमतीले पहिलो पटक आर्मीलाई पराजित गरेको हो । 

जितसँगै बागमतीले चार खेलमा चार अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको आर्मीको दुई  खेलबाट दुई अंक छ । 

आर्मीले प्रस्तुत गरेको ९८ रनको लक्ष्य बागमतीले २२.१ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । बागमतीका लागि प्रतिश जिसीले अविजित २१, अशोक पौडेलले २१, इशान पाण्डे र रविन जोशीले समान १२ विपिन आचार्यले १० रन बनाए । 

आर्मीका लागि सोमपाल कामीले तीन तथा शहाब आलम र जितेन्द्र मुखियाले समान दुई विकेट लिए ।

त्यसअिघ टस जितेर ब्याटिङ रोजेको आर्मीले २७.१ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले २८, भीम सार्कीले १८ र विवेक यादवले अविजित ११ रन बनाए । 

बागमतीका लागि सूर्य तामाङले नौ ओभरमा दुई मेडनसहित २६ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी प्रतिश जिसी र रिजन ढकालले समान दुई तथा क्रिजन गुरुङले एक विकेट लिए ।