सुदूरपश्चिम स्पोर्टस अवार्ड

स्पोर्टस अवार्डलाई नवजीवन को-अपरेटिभ्सको साथ

धनगढी। ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा धनगढीको नवजीवन को-अपरेटिभ्स लिमिटेडले साथ दिने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डलाई नवजीवनले सहप्रायोजकको रूपमा साथ दिने भएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष शंकर बोहोरा र नवजीवन को-अपरेटिभ्स लिमिटेडका अध्यक्ष देवबहादुर बमले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अघिल्ला दुई संस्करणमा पनि साथ दिएको को-अपरेटिभ्सका अध्यक्ष बमले आगामी दिनमा पनि खेलाडीहरूको हौसला बढाउने कार्यक्रमलाई सहयोग गर्ने बताए । नवजीवन को–अपरेटिभ्स लिमिटेड नेपालकै बैंकिङ कारोबार गर्ने पहिलो सहकारी हो ।

अवार्डको चौथो संस्करणमा वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधा समवेश गरिएको  छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार रुपौयाँ प्रदान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई २० हजार रुपौयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

स्पोर्टस अवार्डलाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्पताल छ ।

यसैगरी अवार्डको वर्ष खेलाडी पुरुष विधालाई संजीवनी अस्पताल, युवा वर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेशल अवार्डलाई शौभाग्य हस्पिटल, लाइफटाइम एचिभमेन्ट अवार्डलाई गरिमा पोलिक्लिनीक एण्ड गरिमा डेन्टल, वर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदुरपश्चिम आइकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदुरपश्चिम आइकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेकम छन् ।