काभा पुरुष भलिबल नेसन्स लिग

पहिलाे खेलमा नेपाल पराजित

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

किर्गिस्तानको बिस्केकस्थित स्पोर्टस एण्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा नेपाल मंगोलियासँग ३-१ को
सेटमा पराजित भएको हो ।

नेपालले खेल १९-२५,२०-२५, २७-२५ र २०-२५ ले गुमाएको हो ।

नेपालले दोस्रो खेलमा सोमबार घरेलु टोली कर्गिस्तानको सामना गर्नेछ । काभा नेसन्स लिगमा नेपालसहित सात टोलीको सहभागिता छ ।

सिंगल राउण्ड रोबिनको पद्धतीमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।