एफएक कप

एफए कपको चौथो चरणबााटै बाहिरियो लिभरपुल

काठमाडौं । एक गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल घरेलु टोली ब्राइटनसँग २-१ ले पराजित हुँदै एफएक कपको चौथो चारणबाटै बाहिरिएको छ ।

द अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम (फाल्मेर) मा आइतबार राति सम्पन्न खेलमा ब्राइटनलाई जित दिलाउन लेविस डन्क र काओरु मिटोमाले समान एक गोल गरे । लिभरपुलका हार्भे इलियटको गोल सान्त्वना बन्यो ।

खेलको ३० औं मिनेटमा इलियटको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । उनले मोहम्मद सलाहको पासलाई सदुपयोग गरेका थिए ।

लिभरपुलले  त्यो अग्रतालाई  लामो समय कायम राख्न  सकेन । ३९ औं  मिनेटमा डन्कले गोल गर्दै ब्राइटनलाई १-१ को बराबरीमा ल्याए । उनले तारिक लाम्पाटेको पासलाई सदुपयोग गरे ।

बराबरीतर्फ उन्मुख खेलको इजुरी समयमा मिटोमाले गोल गर्दै ब्राइटनलाई २-१ को रोमाञ्चक जित दिलाए । उनले पेर्भिसको पासलाई पोस्टको दिशा दिएका थिए ।

यस जितसँगै ब्राइटनले एफए कपको पाँचौ चरणमा स्थान सुरक्षित गरेको छ ।