आइसिसी महिला यु-१९ टी २० विश्वकपको

इङ्ल्यान्डलाई हराउँदै भारत च्याम्पियन

काठमाडौं । भारत दक्षिण अफ्रिकामा सम्पन्न भएको पहिलो संस्करणको आइसिसी महिला यु-१९ टी २० विश्वकपको च्याम्पियन बनेको छ ।

भारतले सिनवेस पार्कमा आइतबार सम्पन्न सम्पन्न फाइनलमा इङ्ल्यान्डलाई सात विकेटले पराजित गरेको हो ।

इङ्ल्यान्डले प्रस्तुत गरेको ६९ रनको लक्ष्य भारतले १४ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो । भारतका लागि सौम्या तिवारी र गोन्गडी त्रिशाले समान २४ रन जोडे । कपतान सफाली वर्माले १५ रन बानइन् ।

इङ्ल्यान्डका लागि हन्ना ब्रेकर कप्तान गे्रस स्क्रिभेन्स र एलेक्सा स्टोनहाउसले समान एक विकेट लिए ।

यसहघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले १७.१ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनको योगफल तयार पारेको थियो । रायना म्याकडोनल्डले १९, सोफिया स्मेली र एलेक्सा स्टोनहाउसले समान ११ तथा नियामह होल्यान्डले १० रन जोडे ।

भारतका लागि तितस साधु, पार्श्वी चोपडा र अर्चना देवीले समान दुई तथा मन्नत काश्यप, सफाली वर्मा र सोनम यादवले समान एक विकेट लिए ।  

सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई आठ विकेट तथा इङ्ल्यान्डले अस्ट्रेलियालाई तीन रनले पारजित गरेका थिए ।