मछिन्द्र फुटबल क्लब

विमलले गरे मछिन्द्रसँगको सम्झौता नवीकरण

काठमाडौं । स्ट्राइकर विमल घर्ति मगरले सहिद स्मारक ‘ए’ डिभिजन लिगको साबिकको विजेता मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

मछिन्द्रले शुक्रबार विमलले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य विमलले यो सिजनका लागि सम्झता थप गरेका हुन् ।

मछिन्द्रले पछिल्लो समय खेलाडी अनुबन्धलाई तिब्रता दिएको छ । मछिन्द्रले यसअघि मिडफिल्डर पुजन उपरकोटी र प्रशान्त अवस्थीलाई भित्र्याए सकेको छ ।