चैत्र १६, २०८२ सोमबार | २१:३५:५३
च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित
शनिबारको दिन आहारारा गोल्डकप

इतिहास सम्झाउँदै पोखरामा भुटानी युथ

इतिहास भनेपछि सबैभन्दा पहिले पुरानै कुरा । कुनै समय नेपाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता थियो बर्थडे कप । वर्ष ०३० देखि सुरु भएको यो प्रतियोगिता ०६२ सम्म चल्यो । राजतन्त्र ढलेसँगै यो प्रतियोगिता स्वयं विलिन भयो ।

तर यससँग जोडिएका सम्झना कहिले पनि मेटिने छैनन् । २०३४ सालदेखि ०३८ सम्मका पाँच संस्करणका फाइनलमा उही दुई टिम भिडेका थिए । यसले पस्केको सनसनी आफैंमा साँच्चै गजब नै थियो ।

ती दुई टिम थिए पुलिस र थिम्पु-११ । पाँच फाइनलमध्ये तीनमा पुलिस विजयी रह्यो, दुईमा थिम्पु-११ । थिम्पु-११ भनेपछि भनिरहनुपरेन । यो भुटानी टिम थियो । काठमाडौंमा भुटानी टिमको ‘क्रेज’ नै बेग्लै थियो । भुटानी टिम प्रायः काठमाडौंमा छँदा गणबहाल छेउछाउको होटलमा बस्थ्यो । विश्वास नहुन सक्छ, ती भुटानी खेलाडीको एक झल्को पाउन होटलको छेउछाउ नेपाली फुटबलप्रेमीहरूको बाक्लो आउजाउ हुन्थ्यो ।

थिम्पु-११ का एक प्रमुख खेलाडी थिए, खरे बस्नेत । पछि उनी भुटानी फुटबल संघको माथिल्लो नेतृत्वम्म पनि पुगेका थिए । अचेल उनी अमेरिकातिर छन् । इतिहासलाई छाडेर वर्तमानमा फर्कने हो भने एउटा भुटानी टिम अहिले नेपालमै छ । उसले पोखरामा भइरहेको आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता खेलिरहेको छ । त्यतिमात्र कहाँ हो र ? टिम त फाइनल पुगिसकेको छ ।

फाइनल शनिबार हुनेछ । उपाधिको भिडन्तमा भुटानी युथले सामना गर्नेछ संकटा क्लबको । एउटा कल्पना के इतिहास दोहोरिन्छ त ?

भुटानमा दुई दशकअगाडि सुरु भएको राजनीतिक परिवर्तन र त्यसले गरेको थिचोमिचोबीच धेरै नेपालीभाषीले भुटान छाडेका थिए । धेरै दुःखपीडा भोगेर केही भुटानी अमेरिका पुगेका छन् । उतैका पनि भइसके । खरे बस्नेत पनि अमेरिकी भइसके होलान् । तर, आफ्नो देश र भाषा कोही कसैले कसरी बिर्सन सक्छ र ? धेरै सुन्न पाइन्छ, शरीर त अमेरिकामा छ, तर मन भने भुटानमै छ, कहींकतै । सायद अब ती पुराना दिन फर्कने छैनन्, ती इतिहासमै बिलाए ।

तर, त्यससँग कुनै न कुनै रूपमा जोडिने इच्छा त हुँदो हो । हुँदो हो मात्र होइन, हुन्छ नै । त्यसकै एउटा सानो तर मीठो रूप हो, भुटानी युथको आहा-रारामा सहभागिता । टिमको पूरा नाम हो, भुटनिज युथ स्पोर्ट्स क्लब अर्थात छोटकरीमा ‘बीवाइएससी’ । यो क्लब हो अमेरिकामा बस्ने भुटानीहरूको । पोहोर पनि यो टिम पोखरा आएको थियो ।

यसपल्ट उसले पोखरामा मात्र होइन, अन्यत्र पनि खेलेको छ । विशेषतः झापाको भुटानी सिविरमा । झापामा दुई प्रतियोगिता खेलेर टोली पोखरा पुगेको हो । एउटामा त उपाधि नै जितेको छ ।

यसका संस्थापकमध्ये एक हुन्, जय हुमागाईं । उनी १७ वर्ष झापामा शरणार्थी जीवन बिताएर अमेरिका लागे । उनका आफ्नो व्यक्तिगत कथा छन् । तर हामीलाई धेरै चासो उनीसँग जोडिएको फुटबलकै त हो । सन् २०१० तिर यस क्लबको स्थापना भएको थियो । त्यसलाई माया गर्ने र सहयोग गर्नेमा भुटानीमात्र छैनन्, अमेरिकामा रहेका नेपाली पनि छन् । टिमका केही खेलाडी नेपाली नै छन् । टिमलाई अझ बलियो बनाउन चाहन्छन् उनीहरू ।

उनीहरू करोडौं रुपैयाँ खर्च गरेर नेपाल आएका छन् । मात्र फुटबल खेल्ने निहुँमा । अनि फुटबलकै माध्यमबाट नेपालीसँगको सम्बन्ध सुधार्न र विस्तार गर्न चाहन्छन् । यो पनि त गजब छ । इतिहास दोहोरिने भनेकै त्यही हो । आजभन्दा केही नभए पनि चार दशक जति अगाडि थिम्पु-११ ले ल्याउने जुन रौनक छ, त्यो अहिलेको भुटानी युथले फर्काउन सक्छ । विश्वास गरौं, यो टिमले एकपल्ट मात्र होइन, धेरैपल्ट पोखरामा फाइनल खेल्नेछ । अनि पोखरामात्र होइन धेरै प्रतियोगितामा उसको सहभागिता देख्न पाइने छ ।