मंसिर २७, २०८२ शनिबार | २३:१८:४४
रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ? ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ? ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

मित्रोभिचको नायकत्वमा फुलहमको उकालो यात्रा

काठमाडौं । यस सिजन फुलहमले इङ्लिस प्रिमियर लिगको अंकआलिकामा छलाङ मारिरहेको छ । उनीहरुको उत्कृष्ट लयमा नायक बनेका छन् एलेक्जेन्डर मित्रोभिच ।

सर्बियाका स्ट्राइकर मित्रोभिचले जारी सिजन प्रिमियर लिगमा आफ्नो गोलसंख्या ११ पु¥याइसकेका छन् । उनकै उत्कृष्ट प्रदर्शनमा लेस्टर सिटीमाथि जित निकाल्दै फुलहम प्रिमियर लिगको सातौं स्थानमा उक्लिएको हो ।

फुलहम यसै सिजनमात्र प्रिमियर लिगमा बढुवा भएको टोली हो । धेरैले अपेक्षा गरेका थिए, फुलहमले रेलिगेसनबाट जोगिन नै संघर्ष गर्नेछ । तर, मित्रोभिचको एकपछि अर्को उत्कृष्ट प्रदर्शनले फुलहम युरोपको शीर्ष प्रतियोगिता खेलेर सपना साकार पार्ने दौडमा देखिएको छ ।

प्रिमियर लिगमा सनसनी मच्चाइरहेको फुलहम १८ खेलमा ८ जित, ४ बराबरी र ६ हारको नतिजापछि २८ अंकसहित सातौं स्थानमा छ । छैटौं स्थानको लिभरपुलको पनि समान २८ अंक छ । फुलहम चौथो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा मात्र ७ अंकले पछि छ ।

सरुवा बजारमा धेरै रकम खर्चिएको नटिङ्घम फरेस्ट र बर्नमाउथले पनि यसै सिजन बढुवा पाएका थिए । नटिङघम र बर्नमाउथ भने रेलिगेसनसँग जोगिन संघर्षरत छन् । यस सिजनका लागि २१ खेलाडी अनुबन्ध गरेको नटिङ्घम १८ खेलमा १७ अंकसहित १५औं स्थानमा छ भने बर्नमाउथ १८ खेलमा १६ अंकसहित १६औं स्थानमा छ ।

प्रिमियर लिगमा उच्च लयमा रहेको फुलहमले आइतबार एफए कपको तेस्रो चरणमा हल सिटीसँग प्रतिस्पर्धा गर्नेछ । यस सिजन अघिसम्म मित्रोभिच च्याम्पियनसिपका शीर्ष खेलाडी थिए । प्रिमियर लिगमा उनको प्रदर्शनले शीर्षस्तरमा पनि उनलाई उत्कृष्ट खेलाडीमा उभ्याएको छ ।

उनी २०१७-१८ मा न्युक्यासल युनाइटेडबाट लोनमा फुलहम गएका थिए । त्यस सिजन च्याम्पियनसिपको १७ खेलमा १२ गोल गर्दै आफ्नो स्तर प्रमाणितमात्र गरेनन्, टोलीको प्रिमियर लिग बढुवाको लक्ष्यलाई समेत पूर्णता दिए ।

एक सिजनपछि भने उनले फुलहमसँग स्थायी सम्झौता गरे । प्रिमियर लिगमा बढुवा भएको पहिलो सिजन फुलहमका लागि सुखद रहेन । टोलीले रेलिगेसन संकट टार्न सकेन । फुलहमले प्रिमियर लिगको हैसियत गुमाएको सिजन पनि उनले टोलीका लागि ११ गोल गरेका थिए ।

फुलहम २०१९-२० को सिजनमा पनि प्रिमियर लिगमा बढुवा भएको थियो । जहाँ टोलीको शीर्ष लिगका लागि बढुवाको यात्रामा मित्रोभिचले २६ गोल गरेका थिए । प्रिमियर लिगमा बढुवाको उक्त सिजन पनि फुलहमको संघर्ष कायम रह्यो । टोली पुनः प्रिमियर लिगको हैसियत जोगाउन असफल रह्यो ।

गत सिजन च्याम्पियनसिप मित्रोभिचका लागि यादगार बन्यो । प्रशिक्षक मार्को सिल्भाको नेतृत्वमा उनले फुलहमका लागि च्याम्पियनसिपको ४४ खेलमा ४३ गोल गर्दै टोलीलाई विजेताको रुपमा प्रिमियर लिगमा बढुवा गराए । न्युक्यासलसँगको यात्रासम्म जोडेर प्रिमियर लिगमा आफ्नो क्षमता प्रमाणित गर्न मित्रोभिचका लागि यो पाँचौं अवसर थियो ।

प्रिमियर लिगको पुनरागमनमा उनले आफूलाई लगातार प्रमाणित गरिरहेका छन् । शीर्ष क्लब लिभरपुलविरुद्ध पनि उनले दुई गोल गरेका थिए । उक्त खेलमा फुलहमले लिभरपुललाई २-२ को बराबरीमा रोक्न सफल भएको थियो । उनले आर्सनल र टोटनहमविरुद्ध पनि गोल गरिसकेका छन् ।

प्रिमियर लिगमा फुलहमले ८ खेल जितेको छ । ८ खेलमध्ये ६ खेलमा मित्रोभिचले गोल गरेका छन् । गत मंगलबार लेस्टर सिटीमाथि १-० को जित निकाल्दा उनैले निर्णायक गोल गरेका थिए । यद्यपि उक्त खेलमा पहेँलो कार्डको सामना गरेका कारण उनले चेल्सीविरुद्धको आगामी खेल भने गुमाउने छन् ।

प्रशिक्षक सिल्भा मित्रोभिचका बारेमा भन्छन्, ‘उनी उत्कृष्ट लयमा छन् । विश्वकप विश्रामपछि पनि उनी लयमै छन् । टोलीको सफलताको मुख्य पात्र हुन् उनी । उनको लय टोलीका लागि विशेष रहने गर्दछ । मित्रोभिचले अझ धेरै गोल गर्नेछन् । यस सिजन प्रिमियर लिगमा रहने मात्र होइन हामीले युरोपका प्रतिष्ठित प्रतियोगिताहरु समेत खेल्नेछौं ।’