लियाेनल मेसी

मेसी अझै म्याराडोनाको स्तरमा पुगेका छैनन्ः जेनेट्टी


ब्युनस आयर्स । अर्जेन्टिनाका पूर्वखेलाडी जाभियर जेनेट्टीले विश्वकप उपाधि जिते पनि हालका कप्तान लियोनल मेसी महान खेलाडी डियगो म्याराडोनाको स्तरमा नपुगेको बताएका छन ।
 

आइतबार सम्पन्न फाइनलमा खेलमा साबिकको विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जितेको थियो ।
 

अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकप उपाधि जितेको हो । टोलीलाई उपाधि दिलाउन मेसीले उत्कृष्ट  प्रदर्शन गरेका थिए ।

‘म तुलना गर्न रुचाउँदिन तर विश्वकप उपाधि जित्दैमा मलाई लग्दैन मेसी अझै म्याराडोनाको स्तरमा पुगेका छन’जेनेट्टीले भने‘ हामीले यसमा गर्व गर्नुपर्छ म्याराडोना र मेसी जस्ता फुटबल इतिहासका महान खेलाडी अर्जेन्टिनाका हुन ।’

मेसीले कतार विश्वकपका सात खेलमा सात गोल गुर्नका साथै तीन गोलका लागि अवसर सिर्जना गरेका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका मेसीले ‘गोल्डेन बल’प्राप्त गरे। 

यससँगै मेसी विश्वकप इतिहासमा दुईपटक ‘गोल्डेन बल’ प्राप्त गर्ने पहिलो खेलाडी बनेका थिए । यसअघि मेसीले सन् २०१४ को विश्वकपमा पनि  ‘गोल्डेन बल’ हात पारेका थिए।

‘कप्तान मेसी लगायत कराडौं अर्जेन्टिनी समर्थकको सपना पुरा भएको छ । यो निकै उत्कृष्ट क्षण हो’ जेनेट्टीले भने‘ लामो समयदेखिको प्रतिक्षा अन्त्य गरि दिएकोमा टोलीका सम्पूर्ण सदस्यलाई धेरै धेरै धन्यवाद।’

फाइनल खेलसँगै मेसीले विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका थिए । यसअघि जर्मनीका लोथर माथिसको नाममा विश्वकपमा २५ खेल खेलेको कीर्तिमान थियो ।

यस्तै सेमिफाइनलमा क्रोएसिया विरुद्ध गोल गरे संगै मेसी गाब्रियाल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान भङ गर्दै अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए। 

अर्जेन्टिनाले पछिल्लोपटक सन् १९८६ को  विश्वकप उपाधि जित्दा टोलीका कप्तान रहेका म्याराडोनाको सन् २०२० मा हृदयघातका कारण ६० वर्षको उमेरमा निधन भएको थियो।