जेम्स म्याडिसन

म्याडिसनलाई न्युक्यासलको अर्को प्रस्ताव

लन्डन । न्युक्यासल युनाइटेडले लेस्टर सिटीका मिडफिल्डर जेम्स म्याडिसनका लागि दोस्रो प्रस्ताव गरेको छ । यसअघि ४० मिलियन पाउन्डको प्रस्तवा अस्वीकार गर्दै लेस्टरका मुख्य प्रशिक्षक ब्रेन्डन रोजर्सले २५ वर्षीय म्याडिसन बिक्रीमा नरहेको बताएका थिए ।

यद्यपि, न्युक्यासलले ४० देखि ५० मिलियन पाउन्डको दोस्रो प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

रेम्सबाट हुगो एकिटिकेलाई इङ्ल्यान्ड भित्र्याउन असफल भएपछि न्युक्यासलका मुख्य प्रशिक्षक एडी होवे जसरी पनि म्याडिसनलाई अनुबन्ध गर्न चाहन्छन् । सन् २०२० मा सम्झौता थपेका म्याडिसन अझै दुई वर्ष लेस्टरसँग बाँधिएका छन् ।

सन् २०१८ मा नर्विच सिटीबाट लेस्टर आएका म्याडिसन भने लेस्टरमै बस्न चाहन्छन् वा सेन्ट जेम्स पार्क सरुवा हुन चाहन्छन् भन्ने खुलेको छैन ।

क्लबले नयाँ मालिक पाएपछि बर्न्लीका फरवार्ड क्रिस उडलाई मात्रै हालसम्म न्युक्यासलमा भित्र्याउन सफल भएको छ ।