इन्टर मिलान

लुकाकु र मार्टिनेजको साझेदारी उत्कृष्ट हुनसक्छ– रोनाल्डो

रोम । ब्राजिलका महान खेलाडी रोनाल्डोले इटालियन सिरी ‘ए’ को क्लब इन्टर मिलनामा रोमेलु लुकाकु र लौटारो मार्टिनेजको साझेदारी उत्कृष्ट हुनेमा विश्वस्त रहेको बताएका छन् ।

गत सिजन चेल्सीमा निराशाजनक प्रदर्शन गरेका बेल्जियम स्ट्राइकर लुकालु यसै सिजन इन्टर मिलानमा फर्किएका थिए । चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलसँग सम्बन्ध चिसिएपछि लुकाकु इन्टर फर्किएका हुन् ।

लुकाकु एक सिजन लोनमा चेल्सीबाट इन्टर आएका हुन् । सन् २०२०–२१ सिजन इन्टरले सिरी ए को उपाधि जित्दा लुकाकु  टोलीमा प्रमुख खेलाडी थिए । उनले सो सिजन सबैखाले प्रतियोगिता गरि ३० गोल गरेका थिए ।

गत सिजन पनि लुकाकु क्लबै बसेको भए इन्टरले उपाधि रक्षा गर्ने रोनाल्डोको दाबी थियो  । 

‘इन्टर र युभेन्ट्सको खेल निकै रोचक हुनेछ । मैले एसी मिलानलाई नयाँ सिजन उपाधि दाबेदार टोलीको रुपमा हेरेको छैन । तर साविकको विजेता भएकाले मिलानलाई कमजोर टोलीको रुपमा लिन सकिदैन', ब्राजिलका पूर्व स्ट्राइकर रोनाल्डोले भने, ‘इन्टर गत सिजन उपाधि रक्षाको संघारमा पुगे पनि सफल भएन । युभेन्टसका लागि पछिल्लो दुई सिजन सुखद भएन । त्यसैले युभेन्टस यस सिजन आफूलाई उपाधि दाबेदजार टोलीको रुपमा उभ्याउन चाहन्छ ।  लुकाकु र मार्टिनेजको साझेदारी पुनः सफल पार्दै इन्टर विजेता बन्न चाहन्छ ।’

रोनाल्डोले सन् १९९७ देखि २००२ सम्म इन्टरबाट खेलेका थिए ।