महिला युरोपियन च्याम्पियनसिप २०२२

नर्वेका प्रशिक्षकको राजिनामा

लन्डन । महिला युरोपियन च्याम्पियनसिप २०२२ को समूह चरणबाटै बाहिरिएसँगै नर्वेका प्रशिक्षक मार्टिन सोग्रिनले पदबाट राजिनामा दिएका छन् ।

दुई पटकको युरोपियन च्याम्पियनसिप विजेता नर्वेलाई यस पटक उपाधि दाबेदार टोलीको रुपमा हेरिएको थियो । तर सोग्रिनको टोली समूह चरणबाट माथि उठ्न सकेन ।

नर्वेले समूह ‘ए’ को पहिलो खेलमा नर्दन आयरल्यान्डमाथि ४-१ को सहज जितसहित प्रतियोगितामा सुखद सुरुआत गरेको थियो । दोस्रो खेलमा भने नर्वे घरेलु टोली इङल्यान्ड सामु निरिह देखियो । नर्वेले इङल्यान्डलाई ८-० को फराकिलो नतिजा सुम्पिएको थियो ।

समूह चरणको अन्तिम खेलमा नर्वे अस्ट्रियासँग १-० ले पराजित भएसँगै प्रतियोगितबाट बारिहएको  थियो । तीन खेलमा नर्वेको मात्र तीन अंक रह्यो ।

नर्वेजियन फुटबल संघले मंगलबार सिग्रिन जिम्मेवारीबाट अलग भएको पुष्टी गरेको छ । उनले सन् २०१६ देखी नर्वेको प्रशिक्षण सम्हालेका थिए ।

‘नर्वेको महिला राष्ट्रिय टोलीलाई सन् २०१६ देखी अहिले सम्म प्रशिक्षण दिए । मेरो प्रशिक्षणमा नर्वेले तीन प्रतियोगिता खेल्यो । यो टोलीसँग मेरो यात्रा विशेष रह्यो’, सिग्रिनले भने, ‘हामीले यस पटक प्रतियोगितामा ठूलो लक्ष्य राखेका थियौ तर हाम्रो यात्रा समूह चरणमा सीमित बन्यो । त्यसैले मैले पदबाट अलग हुने निर्णय लिएको हुँ ।’