नेपालविरुद्ध खेल्न भारतीय टोलीको घोषणा

काठमाडौं (खेलाडी)- अर्को साता नेपालविरुद्ध दुई मैत्रपूर्ण खेलको लागि भारतीय फुटबल टोलीको घोषणा भएको छ । 

भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय टिमको घोषणा गरे । 

नेपाल र भारतबीच भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुने तय भएको छ । 

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म माल्दिभ्सको राजधानी मालेमा हुनेछ । 
भारतीय टोली :
गोलकिपर : अमरिन्दर सिंह, धिरज सिंह मोइराङथेम, गुरप्रित सिंह सन्धु
रक्षक : प्रितम कोटल, चिङलेसाना सिंह कुशुम, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुवासिस बोस, सिरिटो फर्नान्डेज
मिडफिल्डर : लालेङमावई, विपिन सिंह, अनिरुध थापा, साहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलासो, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम, जेक्सन सिंह, प्रणय हाल्दर
फरवार्ड : मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी ।